Thursday, November 23, 2017

वाईसीएलको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदै

प्रकाशित मिति: 2017/08/18

भदौ २, काठमाडौं । माओवादी केन्द्रको युवा समुह वाईसीएल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुनेछ । कोटेश्वर पार्टी प्यालेसमा बिहान १० बजे माओवादी अध्यक्ष प्रचण्डले सम्मेलन उदघाटन गर्नेछन् ।

उक्त बन्दसत्रले विधान र आर्थिक प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । सकेसम्म सहमतिमा नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने जनाइएको छ । बन्दसत्रमा ५७० जना प्रतिनिधिको सहभागिता रहने वाईसीएलले जनाएको छ । सम्मेलनबाट १७ सदयस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।

अध्यक्ष पदमा दिपशिखा र लक्ष्मी चौलागाईं ‘शैलेन्द्र’ मुख्य दाबेदार छन् । सिन्धुपाल्चोक निवासी दिपशिखा हाल वाईसीएलको महासचिव छन् भने कालिकोट निवासी चौलागाईं उपाध्यक्ष छन् ।

तपाईंको बिचार