Monday, June 25, 2018

नयाँ शक्तिमा पौडेल समूहको छुट्टै समिति गठन

प्रकाशित मिति: 2017/08/18

काठमाडौं । नयाँ शक्ति पार्टीभित्र असन्तुष्ट रहँदै आएका नेताहरुले बृहत ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरेका छन्। देवेन्द्र पौडेलसहितका नेताहरुले यो समिति बनाएका हुन् ।

नयाँ शक्ति पार्टीका सहसंयोजक देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको समितिले पार्टीलार्इ अन्य राजनीतिक कार्यदिशातर्फ उन्मुख गराउने प्रेस विज्ञाप्तिमा उल्लेख गरिएको छ। केन्द्रीय कार्यसमितिको बैठकमा अबको राजनीतिक गन्तव्य, कार्यदिशा, स्पष्ट हुनुपर्ने विषयमा मौखिक र लिखित सुझावहरु पार्टी संयोजक बाबुराम भट्टरार्इ पार्टीमा प्रेषित गरी छलफलका लागि हर प्रयत्न गर्दासमेत आलटाल गर्दै राजनीतिक कार्यशाला पार्टी मुख्य नेतृत्व गम्भीर नभएकै कारणले जानीबुझी नयाँ शक्ति पार्टीको कार्यदिशा र अन्य पार्टीको जीवनको विषयमा व्यापक छलफल होला भन्ने उद्देश्यले आफूहरुले यसअघि अपिल जारी गरेको पनि समितिले सार्वजनिक गरेको बताएको छ।

तपाईंको बिचार