Thursday, November 23, 2017

माओवादी केन्द्रले ८ राज्यमन्त्रीको नाम टुङ्गो लगायो

प्रकाशित मिति: 2017/08/20

भदौ ४, काठमाडौं । नेकपा माओवादी केन्द्रले आज ८ राज्यमन्त्रीको टुङ्गो लगाएको छ । 

माओवादीले श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री बनाउने भएको छ भने रामसिंह यादव परराष्ट्र र जाकिर हुसेनलाई उर्जा राज्यमन्त्री सिफारिस गरेको छ । सम्भुलाल श्रेष्ठलाई स्वास्थ्य, कर्णबहादुर विकलाई आपूर्ति, छमबहादुर गुरुङलाई सहरी विकास, गोमा कुँवरलाई पशुपक्षी र वाङ्दी शेर्पालाई सामाज्य प्रशासन राज्यमन्त्री सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ । 

८ राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पद तथा गोपनियताको सपथ गराउने छन् । सत्तारुढ नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकले भने केही दिनमा राज्यमन्त्री पठाउनेछ ।

तपाईंको बिचार