Thursday, November 23, 2017

दफाबार छलफल सकिएपछि संविधान संशोधन विधेयकमा आज मतदान हुने

प्रकाशित मिति: 2017/08/21

भदौ ५, काठमाडौं । संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा आज निर्णयार्थ पेस हुने। प्रस्तावमाथि संशोधनकर्ता सांसद्ले धारणा राख्ने क्रम आइतबार सकिएको हो। आज संशोधन छलफलमा भाग लिन चाहने सांसदलाई समय दिइनेछ। दफाबार छलफल सकिएपछि विधेयकलाई मतदान प्रक्रियामा जानेछ।

मूल विधेयकलाई मतदान प्रक्रियामा लैजानुअघि संशोधन निर्णयार्थ पेस हुने संशोधनलाई ध्वनिमतका आधारमा छिनोफानो भएपछि मत विभाजन माग भएमा संशोधन प्रस्तावमा पनि लवी विभाजन हुनेछ। मूल विधेयकको छिनोफानो भने लवी विभाजनबाट हुनेछ। लवी विभाजन विधेयक पक्ष र विपक्षमा हुनेछ।

संसद्मा हाल ५९२ सांसद् छन्। जसअनुसार विधेयक पारितका लागि ३९५ मत आवश्यक पर्छ। ५९२ मध्ये संशोधन विधेयकमा सभामुखसहित दुई जनाको मताधिकार छैन।

तपाईंको बिचार