Sunday, November 19, 2017

मंसिर १० गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय

प्रकाशित मिति: 2017/08/21

भर्दा ५, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर १० गते गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। 

मन्त्रिपरिषद्ले एक दुई चरण भन्ने उल्लेख नगरी मंसिर १० गते निर्वाचन गर्ने भनेर निर्वाचन आयोगलाई पत्र लेख्ने भनिएको छ। यसका सम्बन्धमा के गर्दा उपयुक्त हुन्छ भनेर निर्वाचन आयोगले निर्णय गर्ला। सरकारको तर्फबाट चाहिँ मंसिर १० गतेको निर्णय भएको हो। 

यसअघि निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन मंसिर पहिलो साता र दोस्रो चरणको निर्वाचन दोस्रो या तेस्रो सातामा गर्न प्रस्ताव गरेको थियो।हिमाली र उच्च पहाडी ३१ जिल्लामा मंसिर ४ र बाँकी ४४ जिल्लामा मंसिर २१ गते गर्ने प्रस्ताव आयोगले गरेको थियो।

तपाईंको बिचार