देउवाले बनाए सबैभन्दा ठुलो मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदमा १५ जना राज्यमन्त्री थप गरेपछि मन्त्रीको संख्याले सबैभन्दा ठूलो मन्त्रिपरिषद् बनाउन सफल भएका छन् ।
यति ठुलो मन्त्रिपरिषद् बनाउँदा पनि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुननिर्माण गरी चार मन्त्रालय प्रधानमन्त्रीकै भागमा छ। यसमा मन्त्री नियुक्त हुन बाँकी छ।
आज थपिने राज्यमन्त्रीहरुमा कांग्रेसका तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर बिष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी छन्।
यसैगरी, फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री हुनेमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा छन्। राज्यमन्त्रीहरुको आजै सपथ भयो।
तपाईंको बिचार