Thursday, November 23, 2017

भारत विमानस्थलमा प्रधानमन्त्री देउवालाई विदेशमन्त्रीद्वारा स्वागत

प्रकाशित मिति: 2017/08/23

भदौ ७, काठमाडौं । प्रधानमन्त्री  शेरबहादुर देउवा पाँचदिने भ्रमणको क्रममा दिल्ली पुगेका छन् ।  इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई भारतीय विदेशमन्त्री  सुष्मा स्वराजले स्वागत गरेकी छिन् ।  त्यहाँबाट उनी भारतीय राष्ट्रपति भवनतर्फ लागेका छन् । 

आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा. आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् । भारतको बाह्य मामिला मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार आज अपराह्न  उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् । 

आज साँझ नै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । 

तपाईंको बिचार