Thursday, November 23, 2017

राजपा चुनावमा जाने कि नजाने भन्ने निर्णय गर्ने जिम्मा अध्यक्ष मण्डललाई

प्रकाशित मिति: 2017/08/23

भदौ ७, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले चुनावमा जाने कि नजाने भनेर निर्णय गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको छ भने अध्यक्ष मण्डलले भोलिसम्म निर्णय गर्नेछ । 

बुधबार सकिएको राजपा पदाधिकारीहरुको बैठकले चुनावमा जाने नजाने, जाने भए चुनाव चिन्ह के लिने लगायतका विषय निर्णय गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको हो । दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा राजपाका अधिकांश नेताहरुले चुनावमा जानु पर्ने पक्षमा उभिएका छन् ।

तपाईंको बिचार