Thursday, November 23, 2017

छानविनको माग गर्दै सहरी विकास मन्त्रालयका सचिव विरुद्ध अख्तियारमा उजुरी

प्रकाशित मिति: 2017/08/24

काठमाडौं । भूकम्प प्रतिरोधात्मक संरचना निर्माण सम्बन्धि प्रशिक्षण कार्यमा अनियमितता गरेको भन्दै सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गत सेन्ट्रल लेभल प्रोजेक्ट इम्पिलिमेन्टेशन युनिट (सिएलपिआईयू) कार्यालयले उन्नाईस करोड रुपैयाँको ठेक्का खरिद प्रक्रिया पूरा नगरी ट्रेनिङ्ग सेन्टर नेपाल (टिएसएन) नामक कम्पनीलाई ठेक्का दिएको भन्दै छानविनको माग सहित उजुरी दर्ता गरिएको छ । 

सेन्ट्रल लेभल प्रोजेक्ट इम्पिलिमेन्टेशन युनिटमा पनि शर्माकै वहिनी ज्वाई परिक्षित केडरीया प्रमुख रहेको उजुरीमा उल्लेख  छ ।  उक्त प्रशिक्षण कार्यका लागि विश्व बैंकको सहयोग रहेको छ । तर टिएसएन नामक नीजि कम्पनीलाई प्रशिक्षणका लागि जिम्मेवारी दिएपनि सिएलपिआईयूकै प्रावधिहरुलाई प्रयोग गरिएको आरोप लगाइएको छ ।

विगत दुई वर्ष देखि सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालि रहेको शर्माले मन्त्रालय भित्रै कर्मचारीहरुलाई मिलाएर जथाभावी डिपिआर गरि आफ्न्तहरुको नाममा कन्सल्टेन्सी र आफ्ना नजिकका कम्पनीहरुलाई जिम्मेवारी दिएर हाल सम्म अवौ रुपैयाँ अकुत सम्पति आर्जन गरेको भन्दै छानविनको माग गरिएको छ । 

 

तपाईंको बिचार