Thursday, November 23, 2017

चितवनबाटै प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने प्रचण्डको घोषणा

प्रकाशित मिति: 2017/09/08

भदौ २३, भरतपुर । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको निर्वाचनको चितवनबाटै भाग लिने बताएका छन् । 

प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा निर्वाचन चितवनबाट लड्ने बताएका हुन्। पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘वीरगन्ज बैठकबाट म चितवनमा चुनाव लड्ने निर्णय भएको छ। चितवन देशको एउटा विशिष्ठ जिल्ला हो। यसको राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ। त्यसैले म चितवनबाट चुनाव लड्दैछु।’ प्रचण्डले भरतपुरलाई स्मार्ट सिटी मात्रै नभएर उत्कृष्ट शहर बनाउनु पर्ने बताए।

 ‘यसबारे चिनियाँ पक्षसँग पनि कुरा गरेको छु। छिटै यसको गुरुयोजना बन्छ। चितवन देशकै राजनीतिक र आर्थिक गतिविधिको केन्द्र हो। यसलाई देशकै उत्कृष्ट जिल्ला बनाउने सपना छ’ उनले भने । नदी नियन्त्रण र व्यवस्थापन, निकुञ्ज व्यवस्थापन, कृषिको आधुनिकीकरण, प्राविधिक शिक्षाको गुणात्मक विकास, रिङ रोड, सञ्चार लगायतका क्षेत्रलाई प्राथमिकतामा दिने बताए।

तपाईंको बिचार