Sunday, November 19, 2017

प्रदेश नम्बर २ मा आजबाट आचारसंहिता लागु हुने, कुनै पनि किसिमका प्रचारप्रसार गर्न नपाईने

प्रकाशित मिति: 2017/09/15

भदौ ३०, काठमाडौं । प्रदेश नम्बर २ तेस्रो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको प्रचारप्रसार आज अन्तिम दिन हो । मध्यरातदेखि मौन अवधि सुरु हुने । निर्वाचन आचारसंहिताका कारण आज मध्यरातबाट उम्मेद्वारले प्रचारप्रसार गर्न पाउने छैनन्। 

मौन अवधिको पूर्वसन्ध्यामा प्रमुख दलका शीर्ष नेताहरु प्रदेश नम्बर २ पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा यसअघि नै प्रदेश २ पुगिसकेका छन्। देउवाले आज वीरगन्ज र कलैयाको सभालाई सम्वोधन गर्दैछन्।

निर्वाचन आचारसंहिता अनुसार शुक्रबार मध्यरातदेखि मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम उम्मेद्वारले गर्न पाउँदैनन्। मौन अवधिको आचारसंहिता सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। निर्वाचनको प्रचारप्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन।

निर्वाचनका लागि खटिएका कर्मचारीहरुले मौन अवधिभित्रै मतदान केन्द्रहरु तयार गर्नेछन्। त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ’एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने’, उल्लेख छ। त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन्।

यस्तै चुनाव प्रचारप्रसारमा लागेका सबै दलका शिर्ष नेताहरु २ नम्बर प्रदेशमा आज कार्यक्रम लागि निकै व्यवस्थ रहेका छन् । 

तपाईंको बिचार