Sunday, November 19, 2017

तारकेश्वर–काठमाडौं सम्पर्क समितिले भोली ५ गते दशै तथा तिहार शुभकामना कार्यक्रम गर्ने

प्रकाशित मिति: 2017/09/20

असोज ४, काठमाडौं । नुवाकोट जिल्ला तारकेश्वर गाँउपालिका नेपाली कांग्रेस सम्बद्ध तारकेश्वर काठमाण्डौ सम्पर्क समितिले भोली असोज ५ गते उल्लामय चाड दशै तथा तिहारको शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएको छ । 

कमलादी स्थित सीडब्लु पार्टी हलमा ११ बजेबाट शुरु हुने शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय स्तरका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहने पनि आयोजकले जनाएको छ । नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका तथा सम्पर्क समितिका संयोजक होम बहादुर तामाङले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै तारकेश्वर भित्रका आम जनसमुदायमा भाइचारको सम्बन्धको अभिवृद्धि गर्ने र पार्टीलाई थप उर्जा दिनको लागि चियापान सहितको शुभकामना आदान–प्रदान कार्यक्रम राखिएको बताउनु भयो । उहाँले तारकेश्वर गाउँपालिकामा रहनु भएका प्रजातान्त्रिक विचार धारामा आस्था राख्ने लगायत सबैलाई उक्त चियापान कार्यक्रममा सहभागिता जनाउनका लागि हार्दिक अनुरोध समेत गर्नुभएको छ ।

केही महिना अघि तारकेश्वर भेलाले ६ महिनाभित्र निर्वाचन गर्ने गरी नेपाली कांग्रेस तारकेश्वर गाउँपालिकाका संयोजक समेत रहेका होम बहादुर तामाङलाई समितिको संयोजकको जिम्मेवारी प्रदान गरेको थियो । समितिले जनकल्याणकारी कार्यक्रमहरु तारकेश्वर कल्याणकारी कोषको सञ्चालन, रक्तदान कार्यक्रम, जनचेतना मुलक कार्यक्रमको निरन्तरता लगायतका कार्यहरु गर्ने घोषणा गरी सकेको छ ।

 

तपाईंको बिचार