Thursday, November 23, 2017

प्रदेश नम्बर २ को स्थानिय तह निर्वाचन विजयी सुरुवात

प्रकाशित मिति: 2017/09/20

काठमाडौं । तेस्रो चरणको स्थानिय तह निर्वाचन अन्र्तगत प्रदेश नम्बर २ मा असोज २ निर्वाचन सकिए लगतै गन्न थालिएको मतपरिणाम धमाधम आउन थालेको छ भने  केही स्थानमा मतगणना सकिएको छ । 

यसैक्रममा सिराहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा माओवादी केन्द्रबाट गंगा पासवान र उपमेयरमा पनि माओवादी केन्द्रकै जानुका श्रेष्ठ विजयी बनेका हुन् । हाल मतगणना स्थलबाहिर विजयी जुलुसको तयारी भइरहेको छ भने औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।

यसैक्रममा राष्ट्रिय जनता पार्टी नेपालले धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा उम्मेदवार विजयी भएका हुन् ।

प्रमुखमा रामज्ञान मण्डल र उपप्रमुखमा रेणु देवी झा विजयी भएका छन् । रामज्ञानले ३ हजार ३२० मत पाए भने रेणुदेवीले ३ हजार २७६ मत पाइन् । मेयरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदिप यादवले ३ हजार २२९ मत पाए । उपमेयरका उम्मेदवार कांग्रेसकै रामकुमारी कामतले ३०२७ मत पाइन् ।

तपाईंको बिचार