Thursday, November 23, 2017

प्रदेश नम्बर २ स्थानीय तह निर्वाचनमा कांग्रेसको अग्रता कायम, अब केही स्थानको नतिजा आउन बाँकी

प्रकाशित मिति: 2017/09/24

असोज ८, काठमाडौं । प्रदेश नम्बर २ अन्र्तगत तेस्रो चरणको स्थानीय निर्वाचनमा मतगणना जारी रहेको छ भने केही स्थानबाहेक धेरै जसो निर्वाचन क्षेत्रको मतगण सकिएको छ । वीरगन्ज महानगरपालिका भने  मतगणना अझै केही दिन लाग्ने भएको छ । 

उपमहानगरमध्ये जितपुर सिमरा उपमहानगरेको नतिजा आइसकेको छ। अब धनुषाको जनकपुर उपमहानगर र बाराकै कलैया उपमहानगरको नतिजा आउन बाँकी छ। अहिलेसम्म १२३ स्थानीय तहको नतिजा आइसकेको छ। १३ स्थानीय तहको नतिजा आउन बाँकी छ।

हालसम्म नेपाली कांग्रेस ३७, संघीय समाजवादी फोरम २३, राजपा २२, माओवादी केन्द्र २०, एमाले १५, नेपाल लोकतान्त्रिक फोरम ३, जनता दल २ र नयाँ शक्ति पार्टी १ स्थानमा विजयी भएका छन्।

तपाईंको बिचार