Thursday, November 23, 2017

जनकपुर उपमहानगरमा राजपाका लालकिशोर साहको जित

प्रकाशित मिति: 2017/09/24

असोज ८, काठमाडौं । जनकपुर उपमहानगरमा राष्ट्रिय जनता पार्टी नेपालका मेयर लालकिशोर साह र उ उपमेयरमा राजपाकै रीता झा विजयी भएका हुन् । 

लालकिशोर साहले २१ हजार २ सय ७७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज साहले १० हजार ६३९ मत ल्याए । यस्तै उपमेयरमा रीता झा १६ हजार ६१७ मतसहित विजयी भइन भने उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी निलम कुमारी कर्णले १० हजार १०९ मत ल्याइन ।

उपमहानगरमा २५ वटा वडा रहेकोमा १२ वटामा राजपा, ७ मा कांग्रेस, तीनवटा वडामा संघीय समाजवादी फोरम नेपाल, दुई वटा वडामा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

तपाईंको बिचार