Thursday, November 23, 2017

अबको चुनावमा एमाले माओवादीसँग तालमेल गर्ने : नेपाल

प्रकाशित मिति: 2017/09/26

चितवन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी निर्वाचनमा माओवादीसँग तालमेल गर्न एमाले तयार रहेको बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले तालमेलका लागि माओवादी तयार भए एमाले पछि नहट्ने बताए । अब एउटा पार्टीले मात्रै सरकार बनाउन सम्भव नभएको भन्दै उनले वाम तालमेल हुनुपर्नेमा जोड दिए ।

प्रदेश २ को निर्वाचनमा तपाईंको जिल्लामै एमाले पराजित हुनुपपर्‍यो  नि भन्ने पत्रकारको प्रश्नमा नेपालले भने, आन्तरिक कमजोरी र सरकारको बदमासीको कारण परिणाम आएको जानकारी दिए । 

तपाईंको बिचार