Thursday, November 23, 2017

नुवाकोट क्षेत्र नं २ बाट कांग्रेसका उम्मेदवार सिफारिस

प्रकाशित मिति: 2017/10/04

काठमाडौं । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ बाट आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवार सिफारिस गरिएको छ । नेपाली कांग्रेस तारकेश्व गाउँपालिका समन्वय समितिले प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ अर्जुननरसिंह केसी, बहादुर सिंह लामा, जगदिश्वरनरसिंह केसी,  बिन्दा अर्याल र मोहन बहादुर खड्कालाई सिफारिस गरेको छ। त्यस्तै समानुपातिक तर्फ प्रतापसिंह लामा, भरत खड्का, जगतबहादुर लामा, बैकुण्ठ पाण्डे, हरि श्रेष्ठ, हिरा पाण्डे (लामा) रहेका छन् । 

प्रदेश सभाका लागि प्रत्यक्ष तर्फ होमबहादुर तामाङ, गोविन्द प्रसाद शर्मा, केशवराज अर्याल, दिलबहादुर तामाङ सिफारिस भएका छन् भने सामानुपातिक तर्फ फैसिद तामाङ, शिब अधिकारी, लालिमाया तामाङ र मञ्जु प्रधान रहेका छन् । 

 

तपाईंको बिचार