Sunday, November 19, 2017

नेपाली कांग्रेस लोकतान्त्रिक गठबन्धनले २५ गतेसम्म उम्मेदवारी चयन गरिसक्ने

प्रकाशित मिति: 2017/10/06

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसले उम्मेदवारको मापदण्डकाबारेमा छलफल सुरु गरेको छ । बैठकमा यसअघि समानुपातिकमा परेकाहरुलाई नदोहोर्याउने समझदारी बनेको छ। 
 
आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्डका बारेमा पार्टीभित्र छलफल गरेको छ। २५ गतेसम्म उम्मेदवारी चयन गरिसक्ने समझदारी भएको छ। बैठकमा वाम एकता र त्यसपछि उत्पन्न पछिल्लो राजनीतिक अवस्थाकाबारेमा पनि छलफल भएको थियो।
 
लोकतान्त्रिक गठबन्धन मुलुकलाई कम्युनिष्ट अतिवादतर्फ जान नदिन गरिएको चुनावी तालमेल मात्र भएको कांग्रेसका नेताले बताएका छन् । संविधान जारी भएर त्यसको कार्यान्वयनका लागि पहिलो पटक हुन लागेको निर्वाचनअघि भएको वाम एकता मुलुकको हितमा नभएको र यसको प्रतिवाद गर्ने जनाएका छन् । 

तपाईंको बिचार