Thursday, November 23, 2017

पूर्वडीआईजी नवराज सिलवाल एमाले प्रवेश

प्रकाशित मिति: 2017/10/06

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा सिलवालले पार्टी अध्यक्ष केपी ओलीको हातबाट टीका ग्रहण गर्दै पार्टी प्रवेश गरेका हुन् । 

 प्रहरीको आईजीपी पदका प्रमुख दाबेदार रहेका सिलवाल राजनीतिक दाउपेचका कारण आईजीपी बन्नबाट वञ्चित भएका थिए । आफूभन्दा कनिष्ठ तत्कालीन डीआईजी जयबहादुर चन्दलाई सरकारले आईजीपी बनाएपछि सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटमा फैसला गर्दै सर्वोच्चले सरकारको निर्णय खारेज गरी सिलवाललाई आईजीपी बनाउन परमादेश दिए पनि सरकारले अर्का कनिष्ठ तत्कालीन डीआईजी प्रकाश अर्याललाई आईजीपी बनाएको थियो ।

राजनीतिक हस्तक्षेपको शिकार हुनुपरेको भन्दै सिलवालले अब त्यस्तो हस्तक्षेपबाट मुक्त हुन र राजनीतिबाटै जनताको सेवा गर्न आफू पार्टी प्रवेश गरेको बताएका छन् । 

तपाईंको बिचार