Monday, June 25, 2018

पत्रकार शिव अधिकारी नुवाकोटबाट प्रदेश सभाको उम्मेदवारमा सिफारिस

प्रकाशित मिति: 2017/10/08

काठमाडौं । पत्रकार शिव अधिकारी नुवाकोट क्षेत्र नम्बर दुईबाट नेपाली कांग्रेसको प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस भएका छन् । नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकामा जन्मिएका अधिकारी विगत लामो समय देखि सो क्षेत्रको विकास निर्माणमा समेत सक्रिय छन् । 

स्थानीय स्तरमा रहेका आमा समूह र युवाहरुलाई स्वाबलम्बि बनाउन क्लव निर्माण, खेलकुद सामाग्री वितरण देखि आर्थिक सहायता समेत प्रदान गर्दै आएका छन् । त्यसका अलवा बाटो घाटो, स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारमा पनि उनले उल्लेख्य सहयोग गर्दै आएका छन् । २०७२ सालमा गएको विनासकारी भूकम्प पश्चात अधिकारीले स्वदेशी तथा विदेशी निकायहरु सँगको सहकार्यमा  तारकेश्वर गाउँपालिका र आसपासको क्षेत्रमा सहयोग प्रदान गरेका छन् । भूकम्प पछि उनकै पहलमा तारकेश्वरमा तीन वटा विद्यायल निर्माण गर्नुका साथै स्थानीय जनताको स्वास्थ्य समास्यालाई मध्यनजर गर्दै तारकेश्वर गाउँपालिका वडा नं २ मा हस्पिटल निर्माण गरिएको छ । जुन छिटै संचालनको तयारी थालिएको जनाइएको छ ।  

उहाँ गन्तव्य नेपाल मिडिया ग्रुपका प्रबन्ध निर्देशक एवं प्रधान सम्पादक तथा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का केन्द्रिय अध्यक्ष पनि हुन । यसका अलवा उहाँले विभिन्न पर्यटकीय संघसंस्थाहरुमा समेत संचार सल्लाहकारको भूमिकामा छन् । 

कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाएको उम्मेदवारको सूचीमा  नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ अर्जुननरसिंह केसी, डा रामशरण महत र सरिता लामाको नाम प्रस्ताव गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ १३ जनाको नाम समावेश गरिएको सभापति केसीले जानकारी दिए ।

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नंं १ बाट प्रत्यक्षतर्फ महेन्द्र थिङ, गोविन्दप्रसाद थपलिया, विषम रिमाल, दीनेश खनाल, निलम उप्रेती र विनोद शाह रहेका छन् । प्रदेशसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ २४ जनाको नाम समावेश छ ।

निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ यमबहादुर थापा, भाग्यश्री लामा, रमेशकुमार महत, अर्जुनप्रसाद न्यौपाने, धनकुमारी थापा र कृष्णबहादुर लामाको नाम समावेश छ । निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र नंं २ बाट समानुपातिकतर्फ शिव अधिकारी, होम बहादुर तामाङ, शिव देवकोटा, केशव अर्याल, दिलमान तामाङ, धनसिंह तामाङ, सेल्जोड तामाङलगायत २१ जनाको नाम प्रस्ताव गरी पार्टी केन्द्रीय सभापति देउवालाई बुझाएको काँग्रेस नुवाकोट सभापति केसीले जानकारी दिए ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ बाट प्रतिनिसधासभा प्रत्यक्षतर्फ जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, बहादुरसिंह लामा तामाङ, डा प्रकाशशरण महत र हीरा पाण्डेलाई प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को समानुपातिकतर्फ नौ जनाको नाम प्रस्ताव गरी केन्द्रमा बुझाइएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नंं १ बाट प्रत्यक्ष पार्टी जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, शिवप्रसाद दाहाल, वैकुण्ठबहादुर पाण्डे, भूपेन्द्र बानियाँ, विष्णुराज नेपाल, दीपक लामा, जयराम दाहाल, मोहनबहादुर खड्का, सानुकान्छा नेपाल र उपेन्द्र बुढाथोकीलाई प्रस्ताव गरिएको छ । प्रदेशसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ १९ जनाको नाम प्रस्ताव गरिएको छ ।

प्रदेशसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, भरत खड्का, गणेश वाइबा, सरिता अधिकारी र च्याउकीमाया तामाङको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फ २१ जनाको नाम सिफारिश गरिएको छ ।

तपाईंको बिचार