Thursday, November 23, 2017

कञ्चनपुरको तीन वटा निर्वाचन क्षेत्रमा एमालेबाट ५४ जना सिफारिस

प्रकाशित मिति: 2017/10/08

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीन वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ। 

एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले जिल्ला कमिटीबाट उम्मेदवारको नाम प्रदेश नं ७ को प्रदेश कमिटीमा पठाइएको जानकारी दिए। उनका अनुसार जिल्लाबाट सिफारिश भएका नाम प्रदेश कमिटी हुँदै केन्द्रमा छनोटका लागि जानेछन्। 

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा प्रत्यक्षतर्फ तारालामा तामाङ, खेम सुवेदी र गीता जैशीको नाम प्रदेश कमिटीमा पठाइएको छ। 

त्यसैगरी, क्षेत्र नं १ बाट प्रदेशसभाका लागि प्रदेश ९क० मा लाबहादुर विक, स्थिरप्रसाद घिमिरे र पार्वती हमाल तथा प्रदेशसभा ९ख० का लागि राजेन्द्रप्रसाद जोशी, अक्कल विष्ट र मर्यादा विष्टको नाम सिफारिस भएको छ। 

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दप्रसाद कलौनी, नरबहादुर धामी र जानकी पन्तलाई जिल्ला कमिटीले सिफारिस गरेको छ । 

उक्त क्षेत्रको प्रदेशसभाका लागि ९क० मा जयराज पाण्डेय, मोहनसिंह रावल र लक्ष्मी बुढा तथा ९ख० मा लालबहादुर खड्का, वचनबहादुर सिंह र सीता बोहराको नाम सिफारिश गरिएको एमालेका उपसचिव रणबहादुर महराले जानकारी दिए। 

त्यस्तै, निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षमा डा दीपकप्रकाश भट्ट, लीलाध्वज बस्नेत र निरुदेवी पालको नाम जिल्लाले छनोट गरी प्रदेश कमिटीमा सिफारिश गरेको छ। क्षेत्र नं ३ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ प्रदेश सभा ९क० मा कृष्णदेव पन्त, प्रकाश रावल र विमला भट्ट तथा ९ख०मा खेम भण्डारी, राजीव खड्का र पुनम चन्द ९सिंह० को नाम सिफारिस गरिएको छ। 

महराले जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २७÷२७ जनाको नाम सिफारिस गरिएको जानकारी दिए । विसं २०७० को निर्वाचनमा एमालेले कञ्चनपुरमा रहेका चारवटै निर्वाचन क्षेत्रमा पराजय बेहोरेको थियो। 

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका नौ स्थानीय तहमध्ये सात वटामा एमाले विजयी भएको थियो। स्थानीय तहको निर्वाचनको परिणामलाई प्रतिनिधिसभा र प्रदेशसभामा थप फराकिलो पार्दै लैजाने रणनीतिमा एमाले कञ्चनपुर लागिपरेको छ। -रासस 

तपाईंको बिचार