Thursday, November 23, 2017

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आज पेश हुँदै

प्रकाशित मिति: 2017/10/15

काठमाडौं । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नु पर्नेछ । 

समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले आज कार्यालय समय अवधिभर निर्वाचन आयोगमा बन्दसूची पेस गर्नुपर्नेछ। प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० र प्रदेशसभाको समानुपातिकतर्फ २२० सदस्यको नाम बन्दसूचीमा बुझाउनु पर्नेछ।  

महिला, दलित, जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारुलगायतको क्लष्टरमा विभाजित गरेर दलहरुले बन्दसूची आयोगमा पेस गर्नुपर्नेछ। आयोगमा बुझाइएको बन्दसूची परिमार्जनको समय पनि राजनीतिक दलहरुले पाउनेछन्। कूल संख्याको कम्तीमा दश प्रतिशत उम्मेदवार दलहरुले अनिवार्य रुपमा दिनुपर्नेछ।

तपाईंको बिचार