Thursday, November 23, 2017

निर्वाचन हुँदैन भन्नेमा आशंका नगरौं : प्रचण्ड

प्रकाशित मिति: 2017/10/30

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुनेमा अब आशंका नगर्न आग्रह गरेका छन्। 

प्रेस चौतारी र प्रेस सेन्टरले चितवनको भरतपुर विमानस्थलमा गरेको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मतपत्रको विषयमा थोरै विवाद जस्तो देखिए पनि निर्वाचन आयोगले दुईवटै मतपत्र प्रयोग गर्ने भनिसकेपछि अब कुनै विवाद नरहेकाले निर्वाचनको विषयमा कुनै संका नरहेको बताए ।

चुनावका विषयमा कुनै आशंका लिन आवश्यकता छैन। चुनाव हुन्छ, एउटा कुरा मतपत्रको विषयमा विवाद हुन्छ की भन्ने देखिएको थियो। निर्वाचन आयोगले दुईवटै मतपत्र प्रयोग गर्ने भनेपछि निर्वाचनका बारेमा कुनै शंशय बाँकी छैन उनले भने’

बाम गठबन्धनको सिट बाँडफाँट आज बेलुकासम्म टुङ्ग्याउने बताए। प्रचण्डले हरेक पार्टीले निर्वाचनका बेला आफ्नो हितलाई प्रयोग गरेर चुनावी तालमेल गर्ने गरेकाले वाम तालमेललाई अन्यथा नलिन आग्रह गरे। 

तपाईंको बिचार