Thursday, November 23, 2017

विनोध चौधरी कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा

प्रकाशित मिति: 2017/10/30

काठमाडौं । विश्वकै धनीहरुको सूचीमा परेका व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा राखेको छ ।

२०६४ सालको संविधान सभा निर्वाचनमा एमालेले उनलाई  समानुपातिक सभासद बनाएको थियो। २०७० सालको चुनावमा उनी प्रत्यक्षबाट उम्मेद्वार बन्ने चर्चा चलेको थियो। तर, उम्मेद्वारी भने दिएनन्। एमालेभित्र माधव नेपाल निकट रहेका उनी केपी ओली पावरमा आएसँगै ‘कर्नरिङ’मा परेका थिए। ओलीले उपेक्षा गरेपछि उनी एमालेबाट क्रमशः टाढा हुँदै गएका थिए। एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहेका चौधरीको कांग्रेस नेतासँग पनि सुरुदेखि नै निकट सम्बन्ध थियो। 

 अहिले चौधरीलाई आफ्नो दलमा ल्याउने कांग्रेस महामन्त्री सशांक कोइरालाले विशेष पहल गरेका थिए। कोइरालाको निर्वाचन क्षेत्र नवलपुर १० मा चौधरीको उद्योग ग्राम रहेको छ। कोइरालासहित नेता रामचन्द्र पौडेल एवं बालकृष्ण खाँडलगायतले पनि चौधरीलाई कांग्रेसमा ल्याउन पहल गरेको स्रोतले जानकारी दियो। चौधरी आफ्नो दलमा प्रवेश गरेको बारे कांग्रेसले सोमबार दिउँसो विज्ञप्ती जारी गर्ने स्रोतले बताएको छ। 

 

तपाईंको बिचार