Thursday, November 23, 2017

सिटौलाको नाम समानुपातिक सूचीबाट फिर्ता

प्रकाशित मिति: 2017/10/30

काठमाडौं । नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलाको नाम समानुपातिक सूचीबाट फिर्ता लिएको छ। निर्वाचन कार्यतालिका अनुसार आइतबार समानुपातिकतर्फको  बन्दसूची संशोधन गरी बुझाउँदा कांग्रेसले सिटौलाको नाम हटाएको हो।

कांग्रेसले राप्रपासँग तालमेलकै लागि सिटौलाको नाम एक नम्बरमा राखेर समानुपातिकतर्फको प्रारम्भिक सूची आयोगमा बुझाएको थियो। समानुपातिकतर्फ नाम राखिएपछि असन्तुष्ट हुँदै आएका नेता सिटौलाले झापा पुगेर मतदाताहरुसँग सुझाव लिएका थिए।

उनले मतदाताहरुको सुझाव र स्थानीय नेता कार्यकर्ताको सुझावका बलमा समानुपातिकतर्फ नै राखिए संसदीय समिति र अन्य जिम्मेवारीबाट राजिनामा दिएर विरोधमा जाने धम्की सभापति शेरबहादुर देउवासहित नेताहरुलाई दिएपछि कांग्रेसले उनको नाम समानुपातिक सूचीबाट फिर्ता लिएको हो।

तपाईंको बिचार