Thursday, November 23, 2017

नुवाकोट कांग्रेसद्वारा शाक्यलाई संयोजकबाट हटाउन माग

प्रकाशित मिति: 2017/10/31

काठमाडौं । आगामी मंसिर १० गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (ख)मा नेपाली कांग्रेसले चोकराज शाक्य चुनावी प्रचारप्रसार समितिको संयोजक बनाएकोमा स्थानीय नेता कार्यकर्ताले विरोध जनाएका छन् । 

गत स्थानीय निकायको निर्वाचनमा पराजित भएका शाक्यलाई संयोजक बनाउँदा चरम गुटबन्दी भएर आगामी चुनावमा पार्टी हार्ने ठहर गर्दै उनीहरुले उनको विरोध गरेका हुन् ।  पार्टीले यसैगरी मनलाग्दी किसिमले निर्णय गर्दै जाने हो भने आफुहरु परिचालित नहुने चेतावनीसमेत उनीहरुले दिएका छन् । 

स्थानीय निकायको निर्वाचनमा पार्टीको सहि निर्णय नहुँदा पराजय भोग्नु परेको उल्लेख गर्दै उनीहरुले गुटबन्दीलाई अन्त्य गरी विवादरहित व्यक्तिहरुलाई परिचालन गरेर पार्टी अघि बढाउन मागसमेत गरेका छन् । 
विरोध गर्नेहरुमा नुवाकोट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता शेर बहादुर घले सह–संयोजक विदुर नगर समिति, गोविन्द लाल चित्रकार सह–संयोजक विदुर नगर समिति, बसन्त जंग ठकुरी सह–संयोजक विदुर नगर समिति, सोम प्रसाद पाण्डे विदुर न.पा. वडा नं. १ ईकाई संयोजक, मुकुन्द प्रसाद अधिकारी विदुर वडा नं. ४ सभापति, विन्दा अर्याल जिल्ला कार्यसमिति सदस्य, वासु देव सापकोटा जिल्ला कार्यसमिति सदस्य, विष्णु आचार्य पूर्वमहासचिव सदस्य, शेखर गजुरल विदुर नगर सचिव, मोहन बहादुर खड्का पूर्व महासमिति सदस्य, शिव प्रसाद गुजुरेल पूर्व नगर प्रमुख उम्मेद्वार तथा नेपाली कांग्रेस नेता, राजु पण्डित पूर्व क्षेत्रिय सचिव, ओम प्रकाश श्रेष्ठ सक्रिय सदस्य, शैलेश शिलवाल सक्रिय सदस्य, भैरव अर्याल सक्रिय सदस्य, रुपा अर्याल पूर्व जिल्ला कार्यसमिति सदस्य, होम बहादुर तामाङ तारकेश्वर गाउँपालिका संयोजक, बसन्त राज केही विदुर नगरपालिका ९ नेपाली कांग्रेस नेता, मन्जु प्रधान नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि, शिव अधिकारी पूर्व जिल्ला कमिटि आमन्त्रित सदस्य, मान बहादुर तामाङ सहसंयोजक तारकेश्वर गाउँपालिका, मधु प्रसाद अधिकारी, सक्रिय सदस्य, रामशरण बोगटी सक्रिय सदस्य, सन्तलाल तामाङ एकाई सचिव दाङसिङ र प्रेम बहादुर तामाङ सक्रिय सदस्य विदुर नगरपालिका १० लगायत सयौं रहेका छन् । 

तपाईंको बिचार