Sunday, November 19, 2017

वाम गठबन्धनमा टिकटको भागबन्डा मिल्यो

प्रकाशित मिति: 2017/11/01

काठमाडौं ।  नेकपा एमाले र माओवादी केन्द्रले टिकट बाँडफाँटको विवाद मिलाएका छन्। दुवै दलले केही निर्वाचन क्षेत्रबाहेक अन्यमा उम्मेदवारको पनि टुंगो लगाएका छन्।

प्रतिनिधिसभाका कूल १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ९७ र माओवादी केन्द्रले ६१ क्षेत्र बाँडफाँट गरेका छन्। सूर्य चिह्नबाट लड्ने तीन स्वतन्त्र, राप्रपा र राष्ट्रिय जनमोर्चा गरी सात सिटमा अन्य दलका उम्मेदवार रहनेछन्।

पहिलो चरणको निर्वाचनमा एमालेले २१ र माओवादी केन्द्रले १६ सिटमा उम्मेदवारी दिएका छन्। अब दोस्रो चरणमा एमालेका ७६ र माओवादी केन्द्रका ४५ उम्मेदवार प्रतिनिधिसभा तर्फ प्रतिस्पर्धामा रहनेछन्।

तपाईंको बिचार