Sunday, November 19, 2017

२०४८ सालदेखि निर्वाचित हुँदै आएका नारायणमान विजुक्छे उम्मेदवारी दिएनन्

प्रकाशित मिति: 2017/11/02

काठमाडौं । २०४८ सालदेखि भक्तपुरबाट निर्वाचित हुँदै आएका नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यस पटक प्रतिनिधिसभामा मनोनयन दर्ता गराएनन्।

प्रतिनिधिसभाका लागि भक्तपुर क्षेत्र नम्बर १ मा प्रेम सुवाल र २ मा अनुराधा थापा मगरले मनोनयन दर्ता गरेका हुन् । दुबै निवर्तमान सांसद हुन् । प्रदेशसभातर्फ १ को ‘क’मा निरज लवाज र ‘ख’मा सुरेन्द्र गोसाई तथा २ को ‘क’सरोजराज गोसाई र ‘ख’मा प्रेमजन थापाले उम्मेदवारी दिएका छन् ।

पार्टीले गरेको निर्णय बमोजिम नयाँ पुस्तालार्इ अवसर दिन उनिले उम्मेद्वारी दर्ता नगराएका हुन् । 

तपाईंको बिचार