Thursday, November 23, 2017

कोमल वली उम्मेदवारी फिर्ता लिने कि चुनाव लड्ने दोधारमा

प्रकाशित मिति: 2017/11/05

काठमाडौं । आज उम्मेदवारी फिर्ता लिने दिन भएकाले स्वतन्त्र उम्मेदवारी दिएकी कोमल वली विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको आसा र भरोसामा उम्मेदवारी फिर्ता लिने नलिने भन्नेमा दोधार भएकि छिन् । उनले दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएकी हुन् । 

एमाले नेतृत्वसँग पटक–पटक सम्वाद गरेर फिर्ता लिने मनस्थितिमा पुगेकी कोमललाई एमाले कार्यकर्ताले भने उठ्न दबाव दिएका छन् । दाङ क्षेत्र नं ३ मा एमालेबाट आधिकारिक टिकट पाएका हिराचन्द्र केसी स्थानीय सुन व्यवसायी हुन्, जो पाँच वर्षअघि राप्रपावाटै एमाले प्रवेश गरेका थिए । केसीप्रति पनि पुराना एमाले नेताहरु असन्तुष्ट रहेको स्रोतको भनाइ छ । केसीविरुद्ध वाम गठबन्धनबाटै माओवादी पूर्वसभासद कुबेर ओलीले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

उता दाङ ३ मा नेपाली कांग्रेसबाट टिकट पाएका दीपक गीरीलाई पनि नेपाली कांग्रेसकै खुमबहादुर खड्का समूहले असहयोग गर्ने सम्भावना देखेपछि उनलाई खुम बहादुर समुहको पनि केही आफुलाई सहयोग गर्नु महशुस गरेकी छिन् । 

तपाईंको बिचार