Thursday, November 23, 2017

कांग्रेसका नेताहरुलाई एक आपसमा मिल्न प्रचण्डको सुझाव

प्रकाशित मिति: 2017/11/05

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई आपसमा मिली वीपी कोइरालाको आदर्शलाई अंगाल्लेर पार्टीको नेतृत्व गरी पार्टीलाई अघि लैजान सुझाव दिएका छन् । 

चितवनमा आइतबार पार्टी कार्यालय उदघाटन गर्दै प्रचण्डले कांग्रेस आफ्नै कारणले कमजोर हुँदै गएको बताए । उनले भने, ‘नेतृत्व संकटले कांग्रेस कमजोर बन्दैछ । तपाईंहरु पनि मिल्नुस् । बीपीको आदर्शतिर फर्किनुस् त्यो नै देश र कांग्रेसको पनि हितमा हुन्छ ।’

स्थीर सरकारले मात्र दीगो विकास र समृद्धि हासिल गर्न सकिने भन्दै उनले त्यसैका लागि वाम गठवन्धन आवश्यक परेको प्रष्ट्याए ।

तपाईंको बिचार