Saturday, November 18, 2017

लडेर घाइते नारायणकाजी श्रेष्ठ घरदैलो गर्न नसक्ने

प्रकाशित मिति: 2017/11/08

गोरखा । माओवादी केन्द्रका नेता तथा गोरखा–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ लडेर सामान्य घाइते भएका छन् ।

सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका थिए । उनको दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ । सोही कारण उनले बुधबार बारपाकमा घरदैलो कार्यक्रम गर्न सकेनन् । बारपाकमा अहिले सुरु भएको चुनावी सभाका क्रममा पनि उनी गाडीमै कार्यक्रम स्थलसम्म पुगेका थिए । पैदल यात्रा गर्दै स्थानीय बासिन्दासँग भेटघाट गर्न नसकेका हुन् ।

तपाईंको बिचार