Saturday, November 18, 2017

प्रचण्ड र देवी ज्ञवाली सँगसँगै चुनाव प्रचारमा

प्रकाशित मिति: 2017/11/10

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वाम गठबन्धनबाट चितवन ३ मा उम्मेदवार रहेका छन् । उनले घरदैलो अभियान सुरु गरेका छन् भने उक्त अभियानमा माओवादीले नै महानगरको मेयरमा पराजित गराएका एमालेका देवी ज्ञवाली चुनाव प्रचारमा सक्रिय भएर लागेका छन् ।

घरदैलोका क्रममा स्थानीयले प्रचण्डलाई स्वागत गर्दै चितवनको विकासका लागि यही क्षेत्रमा रहिरहन आग्रह पनि गरेका छन्। घरदैलो अघि प्रचण्डले उज्वलनगर चोकमा प्रचार कार्यालयको उद्घाटन गरेका थिए।

तपाईंको बिचार