Wednesday, September 26, 2018

नुवाकोट तारकेश्वरबाट ठूलो संख्यामा कांग्रेस प्रवेश

प्रकाशित मिति: 2017/11/16
  • केशव ढुंगाना

नुवाकोट । नुवाकोट जिल्ला तारकेश्वर गाउपालिका  स्थित तारुका चन्दनीमा एमाले र माओवादीवाट २ सय जना  भन्दा वढि नेता तथा कार्यकर्ता  नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

तारकेश्वर गाउपालिका स्थित तारुका चन्दनीमा भएको  नेपाली कांग्रेसको चुनावी आमसभामा  तारुकाकै धैरेनी, कोल्डाडा, तारुकावेशी, पिमलटार, तेर्सेपानी  लगायतका ठाँउवाट २ सय जनाभन्दा बढीको संख्यामा पार्टी प्रवेश गरेका थिए ।  एमालेले लामो समय देखि आफ्नो किल्लाको रुपमा वर्चस्व कायम गर्दै आएको धैरेनी र कोल्डाडा एमालेको किल्ला तोडिएको छ । नुवाकोट जिल्लाको प्रतिनिध सभामा क्षेत्र न.२ को वाम गठबन्धनबाट एमालेका नारायण प्रसाद खतिवडा उम्मेदवार बनेकै गाँउमा विशाल सभाकाविच ठूलो संख्यामा  कांग्रेस प्रवेश गरेको यो पहिलो पटक हो । त्यसै गरि तारकेश्वर गाउपालिका स्थित गोस्र्याङ, दाङसिग, वुधसिंह लगायत ठाँउवाट  दर्जनौ नेता तथा कार्यकर्ता  एमाले  पार्टी परित्याग गरि  नेपाली कांग्रेसमा प्रवेश गरेको छन् ।

 

 

तपाईंको बिचार