Wednesday, September 26, 2018

डा. रामशरण महत चढेको गाडिमा बम प्रहार, ४ घाईते

प्रकाशित मिति: 2017/11/17

विदुर । निर्वाचन प्रचारको लागि हिँडेको नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं. १ को प्रचार टोली चढेको सवारी साधन माथि बम प्रहार भएको छ ।

शुक्रवार विहान करिव १० वजेको समयमा ककनी गाउँपालिका वडा नम्वर ५ को सिकारीचौरमा वा.१६. च. ६६५ नम्वरको गाडिमा गराईएको विष्फोटमा परि विद्यार्थी नेता उपेन्द्र मिश्र र सविन लामा सहित ४ जना घाईते भएको काँग्रस नेता जानकारी दिए ।

क्षेत्र नम्वर १ का उमेदवार डा. रामशरण महत र प्रदेशसभा उमेदवार रमेश महत सहितको प्रचार टोली ककनीवाट चतुरालेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा  विष्फोट गराईएको हो । १ नं. क्षेत्रमा काँग्रेसको बढ्दो प्रभाववाट आत्तिएर काँग्रेसका उमेदवारहरुलाई नै लक्ष्यित गरी एम्वुस विष्फोट गराईएको आशंका काँग्रेसले गरेको छ ।

तपाईंको बिचार