Thursday, January 18, 2018

एमालेद्वारा एक घण्टाका लागि चुनावी कार्यक्रम स्थगित

प्रकाशित मिति: 2017/11/19

काठमाडौं । नेकपा एमालेले माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको असामयिक निधनबाट पार्टी स्तब्ध भएको भन्दै आइतबार एक घण्टा देशभरका चुनावी कार्यक्रम स्थगित गरेको छ ।

केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले विज्ञप्ति जारी गर्दै अपरान्ह २ देखि ३ बजेसम्म देशभरका सबै कार्यक्रम स्थगित भएको जनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामै रहेका माओवादी अध्यक्ष प्रचण्डलाई चुनावी अभियानबाट काठमाडौंका लागि बिदाइ गरेको एमालेले जनाएको छ । एमालेले प्रचण्ड परिवारमा परेको बज्रपातप्रति समवेदना प्रकट गरेको छ ।

तपाईंको बिचार