Monday, May 20, 2019

अहिलेसम्म भ्रष्टाचार र कमिशन नखाएको ओलीको दाबी

प्रकाशित मिति: 2017/11/22

बुटवल ।  बुटवलमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिगो सरकार बनाउनका लागि वाम गठबन्धनलाई  दुई तिहाई बहुमत दिन आग्रह गरेका छन्। अध्यक्ष ओलीले निर्वाचनपछि गठन हुने वामपन्थी सरकारले पाँच वर्षभित्र देशलाई तिब्र विकास गर्ने बताए ।

अध्यक्ष ओलीले निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच एकता हुने र वामपन्थीहरुले नै देश हाँक्ने जनाए । अहिलेसम्म देशमा भ्रष्टाचार र कमिशन नखाएको नेता आफूमात्र भएको दाबी गरे।

उक्त सभामा बोल्दै माओवादी केन्द्रका  नेता रामबहादुर थापाले वामपन्थीहरुलाई बहुमतको सरकार बनाउन  मत दिन आग्रह गर्दै वामपन्थी सरकारले देशमा विकास र परिवर्तन ल्याउने बताए। 

तपाईंको बिचार