Tuesday, December 11, 2018

मतदाताहरुको चुनावमा उत्साहपूर्वक सहभागिता

प्रकाशित मिति: 2017/11/26

काठमाडौं । चुनावको पुर्वसन्ध्यामा भएको विभिन्न घटना क्रमले र चिसो मौसमले चुनावमा असर पर्ने त होइन भन्ने आम जनमासको आशंकालाई चिर्दै मतदाताहरु उत्साहपूर्वक चुनावमा जुटेका छन् ।

बिहान ७ बजेदेखि शुरु पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताहरु त्रास र चिसो मौसमको प्रवाह नगरी मतदान केन्द्रमा लाम लागेका छन् । छिटफुट घटना बाहेक देशभर अहिले शान्तिपूर्णरूपमा मतदान भइरहेको छ ।

प्रदेश नं. १ का ७, प्रदेश नं. ३ का ६, प्रदेश नं. ४ का ६, प्रदेश नं. ५ का २, प्रदेश नं. ६ का ७ र प्रदेश नं. ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ ।

निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न निर्वाचन आयोगले सबै मतदातासँग हार्दिक अपिल गरेको छ ।

संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणको निर्वाचनमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

तपाईंको बिचार