Tuesday, October 23, 2018

५० वर्ष वाम गठबन्धनको सरकार : प्रचण्ड

प्रकाशित मिति: 2017/11/28

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गरेका छन्।

पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने अब देशमा संमृद्धि आउँछ। चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डोर्‍याउन चाहन्छु।  शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै उनले भने शान्ति सम्झौताको अर्का हस्ताक्षरकर्ता गिरिजाबाबु अहिले हुनुहुन्न। उहाँको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ।

यो निर्वाचनमा दुई तिहाइ मत वाम गठबन्धनले ल्याउने र आउँदो ५० वर्षसम्म नेपालमा यही गठबन्धनको सरकार रहने दावी पनि उनले गरे। उनी चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। –रासस

तपाईंको बिचार