Wednesday, September 26, 2018

कांग्रेस उमेद्वार लक्षित गरेर बम विस्फोट

प्रकाशित मिति: 2017/12/03

नेपालगञ्ज ।  नेपाली कांग्रेसका समानुपातिक तर्फका उम्मेदवार मञ्जु खाँडमाथि लक्षित गरेर बम विस्फोट गराइएको छ । 

धनगढीबाट सिराहा तर्फ जाँदै गरेको बा७ च १९५८ न को गाडीमा सवार खाँडलाई लक्षित गरेर कपिलवस्तुको चन्द्रोटा निजीकै विस्फोट गराइएको हो । विस्फोट विप्लव समूहले गराएको हुन सक्ने आशंका गरिएको छ । हिजो राती ९.३० को समयमा ठुलो आवाजसहितको विस्फोटले गुडीरहेको गाडीको अगाडीको सिसा फुटेर उम्मेदवार खाँडलाई चोट लागेको छ । चालकको देबे्र साइड अगाडी भागमा बस्नु भएकी खाँडको सीसाले गाला र हातमा चोट लागेको छ । राजमार्गको खुला ठाउँमा गरिएको विस्फोटले आंतकित बनाएको र भाग्यले बाँचेको नेता खाँडले प्रतिक्रिया दिनु भयो ।

सामान्य उपचार र गोरुसिंगे प्रहरी चौकीमा घटना विवरणसहितको निवेदन दिएर खाँड अहिले सिराहा क्षेत्र न ४ मा रहनु भएको छ ।

तपाईंको बिचार