Tuesday, July 17, 2018

विवेकशिल साझाका उम्मेदवार अधिकारी भन्छन: राजनीतिबाट लिन होइन दिन आएको हुँ

प्रकाशित मिति: 2017/12/03

काठमाडौं । ४५ जिल्लामा दोस्रो चरण अन्तर्गत यही मंसिर २१ हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन मिति नजिकिएसँगै ती जिल्लाहरुमा चुनावी सरगर्मी बढेको छ । दलहरु यतीबेला मतदातालाई आफुतर्फ आकर्षित गर्ने अन्तिम प्रयासमा छन् ।

 यस्तै काठमाडौं क्षेत्र नं ५ को क बाट प्रदेश सभाका उम्मेदवार रामहरी अधिकारी पनि यतिबेला अन्तिम चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । विभिन्न सभा, समारोह देखि घरदैलो अभियानलाई उनले तीब्रता दिइरहेका छन् ।
 
मुलुकको आर्थिक सम्बृद्धि, सुशासन, महंगी नियन्त्रण, माफियातन्त्रको अन्त र कालोबजारी नियन्त्रण गर्ने प्रमुख एजेन्डा सहित उनी मत मागिरहेका छन् । बजारलाई सर्वसुलभ बनाउनुका साथै, काठमाडौंलाई धुलोमूक्त बनाउने, निर्वाचन सम्पन्न भएको छ महिना भित्रमा क्षेत्र नं ५ को ढल, सडक र खानीपानी समस्यालाई सम्बोधन गर्ने, घरहरुको नक्सा पास सम्बन्धि समस्यालाई समूचित रुपमा हल गर्नुका साथै हाडिगाँउ, धुम्बराही, चुनदेवी, चुडालदेवि मन्दिर लगायत अन्य पुरातात्विक धरोहरहरुको संरक्षण र संस्कृति सम्पदाको जगर्नो गर्ने बाचा उनले मतदातासँग गरेका छन् ।
 
यसका साथै बृद्ध, बृद्धा, असक्त, अपाङ्गलाई निशूल्क आजिवन औषधीको व्यवस्था गर्ने, बेरोजगार युवालाई स्वारोगार बनाउन विभिन्न प्रोत्साहनमुलक कार्यक्रमहरु संचालन गर्दै स्वारोजगार बनाउने उनको योजना रहेको छ । राजनीतिलाई कमाईखाने भाडोको रुपमा विकास गरिएको कारण त्यसको अन्त गर्दै राजनीतिलाई सामाजिक सेवाको क्षेत्रको रुपमा विकास गर्न बिवेकशिल साझा पार्टीको जन्म भएको भन्दै उनले देशको रक्षा र विकासका लागि बिवेकशिल साझाका उम्मेदवारहरुलाई बिजयी गराउन मतदाताहरुसँग आग्रह गरे ।

तपाईंको बिचार