Saturday, December 16, 2017

कांग्रेस नेता गगन थापामाथि बम प्रहार

प्रकाशित मिति: 2017/12/04

काठमाडौं । चुनाव प्रचार प्रसारमा रहेका काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी केही बेर अघि राजधानीको चपलीस्थित भंगालमा बम प्रहार भएको छ । उक्त बम प्रहारबाट थापासहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार थापासहित अन्य घाइतेलाई उपचारका निम्ति त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । थापाको कान र ढाडमा चोट लागेको छ ।

विस्फोटमा अन्य केही घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । 

तपाईंको बिचार