Saturday, December 16, 2017

मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने

प्रकाशित मिति: 2017/12/06

काठमाडौं । मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा मताधिकार सुनिश्चित गर्न निर्वाच आयोगले आफ्ना सरकारी विभिन्न कागजात देखाएर मतदान गर्न पाउने व्यबस्था गरेको छ ।

फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउनेछन् ।

यस्तै राहदानी, सवारीचालक अनुमतिपत्र (लाइलेन्स), जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्र देखाएर पनि मतदान गर्न पाइनेछ ।साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा सानोतिनो भूलचुक मान्ने र नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

तपाईंको बिचार