Monday, April 23, 2018

पहिलो चरणको मत गणनामा वाम गठबन्धन धेरै सिटको अग्रता, कांग्रेस पछिपछि

प्रकाशित मिति: 2017/12/08

काठमाडौं । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तीब्र गति मत गणना भईरहको छ । 

यो समाचार तयार पार्दासम्म वामपन्थी गठबन्धनले २९ सिटमा अग्रता लिइरहेको छ भने कांग्रेस ४ सिटमा मात्रै अगाडि देखिएको छ । मतगणना सकिएका तीन निर्वाचन क्षेत्रमध्ये एमालेले मनाङ र मुस्ताङमा बिजय हासिल गरिसकेको छ । माओवादीले पूर्वी रुकुममा बिजय हासिल गरेको छ ।

मतगणना भइरहेका रसुवा, हुम्ला, मुगु र बाजुरामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । गोरखा २ मा नयाँ शक्तिको अग्रता छ । ललितपुर क्षेत्र नम्बर ३ मा पनि कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

पहिलो चरणको गणनामा यस्तो देखिएको छ कि प्रत्यक्षतर्फ नेपाली कांग्रेस माओवादी केन्द्रभन्दा पछाडि देखिएको छ । कांग्रेसले हिमाली र पहाडी जिल्लामा आफ्नो पुरानो बर्चश्व गुमाउने देखिए पनि शहर र तराईका जिल्लामा कांग्रेसले आफूलाई केही सुधार गर्न सक्ने धेरैले अनुमान गर्दै आएका छन् ।

तपाईंको बिचार