Monday, June 26, 2017  |    

वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटा रहेनन्

प्रकाशित मिति: 2015/08/10

वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाको ८६ बर्षको उमेरमा सोमबार निधन भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत देवकोटाको आज विहान निधन भएको हो । पछिल्लो केहि समययता उनी निमोनियाबाट पीडित थिए ।
उनको पार्थिव शरिरलाई विहान ११ बजे प्रज्ञाभवन कमलादीमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यसपछि पशुपतिस्थित आर्यघाटमा लगेर अन्त्येष्टि गरिने देवकोटाको पारिवारले जनाएको छ ।
२००७ को जयतु सँस्कृतम् आन्दोलनको एक योद्धासमेत रहेका उनी । वीपी कोइरालासँगै कांग्रेसको संस्थापक सदस्य बनेका थिए । पछि विपिसँग मत नमिलेपछि पार्टी परित्याग गरेर पञ्चायतको समर्थनमा लागेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि मत नमिलेपछि देवकोटा केही बर्षयता निष्कृय रहँदै आएका थिए ।
    मदन पुरस्कार र साझा पुरस्कार जस्ता प्रतिष्ठित पुरस्कारसमेत पाएका उनी नेपालका बरिष्ठ साहित्यकारको रुपमा पनि चिनिन्छन् ।
    गोर्खामा जन्मिएका देवकोटा तीनपटक राष्ट्रिय पञ्चायतको अध्यक्ष बनेका थिए । उनी २०१९ सालमा शिक्षा मन्त्री र २०२२ सालमा भूमिसुधार सहायक मन्त्री समेत बनेका थिए ।

 

तपाईंको बिचार