Tuesday, December 11, 2018

सिन्धुलीको दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी

प्रकाशित मिति: 2017/12/10

सिन्धुली । सिन्धुलीका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधिसभातर्फ १ मा वाम गठबन्धन, नेकपा (एमाले)का गणेशकुमार पहाडी र २ मा (माओवादी केन्द्र)का गजुरेल विजयी हुनुभएको हो ।

नेपाली काँग्रेसका प्रेमचन्द्र दाहाललाई १० हजार १४० मतान्तर पार्दै पहाडी विजयी हुनुभएको हो । यस्तै गजुरेल नेपाली काँग्रेसका नरेन्द्रजंग थापालाई १२ हजार ५२ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

पहाडीले ३२ हजार ५२९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी दाहालले २२ हजार ३८९ मत प्राप्त गर्नुभएको छ । निर्वाचित पहाडी विसं २०७० को संविधानसभा निर्वाचनमा पनि सिन्धुली क्षेत्र नं १ बाट विजयी हुनुभएको थियो ।

यस्तै वाम गठबन्धन, नेकपा ९माओवादी केन्द्र०का नेता हरिबोल गजुरेलले ३१ हजार १७९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका थापाले १८ हजार १२७ मत प्राप्त गर्नुभएको छ ।

सिन्धुलीका दुवै निर्वाचन क्षेत्र प्रतिनिधिसभा सदस्यको मतगणना सम्पन्नपश्चात् प्रदेशसभातर्फको मतगणना केहीबेरमा शुरु गरिने मुख्य निर्वाचन अधिकृत पुण्डेश्वरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । –रासस

तपाईंको बिचार