Friday, January 19, 2018

कांग्रेसको किल्ला मानिएको नुवाकोटमा वाम गठबन्धनको विजयी

प्रकाशित मिति: 2017/12/10

काठमाडौं। कांग्रेसको किल्ला मानिएको नुवाकोटमा वाम गठबन्धनले सबैमा विजय हासिल गरेको छ । कांग्रेसका प्रभाशाली मानिएका नेता डा. रामशरण महत र अर्जुननरसिंह केसीले आफ्नो किल्ला जोगाउन सकेनन्।

क्षेत्र नम्बर एकमा हितबहादुर तामाङ ३६ हजार ४७३ मत ल्याएर विजयी भए। महत २७ हजार ९२० मा खुम्चिए। सोही क्षेत्रको प्रदेश क मा माओवादी केन्द्रकी राधिका तामाङ १८ हजार १ ३७ मतका साथ विजयी भइन् भने प्रदेश ख मा एमालेका बद्री मैनाली २० हजार ५०९ मतकासाथ विजयी भए।

यता क्षेत्र नम्बर २ मा अर्जुननरसिंह केसीलाई पराजित गर्दै एमालेका नारायणप्रसाद खतिवडा विजयी भएका छन्।खतिवडाले ३६ हजार ८९२ मत पाए भने अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत पाए। यसैगरी क्षेत्र २ को प्रदेश क मा एमालेका केशव पाण्डे १५ हजार ६३० मत पाएर विजयी भए। प्रदेश ख मा माओवादीका हीरानाथ खतिवडा १७ हजार ६२ मतका साथ विजयी भए। उनका प्रतिद्वन्दवी कांग्रेसका जगत तामाङले १४ हजार ५२ मत पाए।

तपाईंको बिचार