Thursday, January 18, 2018

समानुपातिक तर्फको मतगणनामा एमालेलाई कांग्रेसले पछ्याउँदै

प्रकाशित मिति: 2017/12/10

काठमाडौं । प्रत्यक्ष तर्फको मतगणना सकिएको क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ । 

प्रारम्भिक नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थान लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । प्रत्यक्षतर्फ कांग्रेसभन्दा अगाडि रहेको माओवादी समानुपातिकमा भने तेस्रो स्थानमा छ । मधेसका जिल्लामा समानुपातिकको मतगणना भएकाले राजपा र फोरमको खासै मत खसेको छैन । तथापि पहाडमा समेत राजपाले राम्रो मत ल्याएको छ ।

कांग्रेस, एमाले र माओवादी बाहेक समानुपातिकमा चौथो स्थानको मत नयाँशक्ति पार्टीले ल्याएको छ । नयाँशक्तिले भन्दा विवेकशीलले न्यून मत पाइरहेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ ।

समानुपातिकतर्फ खसेको मत यस्तो छ:
१. नेकपा एमाले ७३२९३
२. नेपाली कांग्रेस ६९८४९
३. माओवादी केन्द्र ३०२६२
४. नयाँ शक्ति ५२४१
५. राजपा ३४८५
६. राप्रपा २४००
७. विवेकशील साझा ८३७
८. राप्रपा प्रजातान्त्रिक ६०४
९. संघीय फोरम ४५८

तपाईंको बिचार