Tuesday, December 11, 2018

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलद्वारा पुनः मतदानको माग

प्रकाशित मिति: 2017/12/10

तनहुँ ।  तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा क का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग गरेका छन् ।

निर्वाचन आयोगमा उजुरी दिदैं पौडेलले विभिन्न केन्द्र गरी ४२ मत फर्जी भेटिएकोले पुनः मतदान गर्नुपर्ने माग राखेका छन्। आयोगले भने माओवादीकी आशा कोइरालाले १६ हजार ६ सय ४६ मत पाएर विजयी भएको घोषणाको तयारी गरेको थियो। पौडेलले १६ हजार ६ सय ४१ मत ल्याएका छन्। 

पौडेलको निवेदन परेपछि यसबारे निर्णय गर्न बैठक बसिरहेको र बैठकले मतदान गराउने वा नगराउनेबारे निर्णय गर्ने निर्वाचन अधिकृतले बताएका छन् ।

तपाईंको बिचार