Thursday, January 18, 2018

कांगे्रस नुवाकोटद्धारा मतदातालाई धन्यवाद ज्ञापन गर्दै ६ बुदे सुझावपत्र पेश

प्रकाशित मिति: 2017/12/12


काठमाडौं । नेपाली कांगे्रस जिल्ला कार्यसमिति नुवाकोटले मतदातालाई धन्यवाद ज्ञापन गर्दै पार्टी केन्द्रलाई ६ बुदे सुझाव पत्र पेस गरेको छ । पार्टी जिल्ला सभापति जगदिश्वर नरसिंह केसीको अध्यक्षतामा बसेको आकास्मिक बैठकले सो सुझाव पेस गरेको हो । 
प्राविधिक कारणले कांगे्रस उम्मेद्धारहरु हारेपनि मत संख्याका हिसाबले नुवाकोट पार्टी अहिले पनि पहिलो स्थानमा रहेकोले विचलिन नभई उच्च मनोबलका साथ जिम्मेवार र प्रभावकारी भएर आगामी चुनौतिहरुलाई सामना गर्न तयार रहनुपर्ने आग्रह गर्दै पार्टी कमजोर हुनुको कारणहरुमध्ये कार्यकर्ताहरुमा देखिएको अनुशासनहिनता भएको ठहर गरेको छ र निर्वाचनको विषयमा सार्वजनिक स्थल, सञ्चार माध्याम र सामाजिक सञ्जालमा मनोगत तर्क र विश्लेषण गर्ने जस्ता गलत कार्य नगर्न आह्वानसमेत गरेको छ । पार्टीभित्रको कमीकमजोरीबारे खुल्ला र पारदर्शी छलफल गरी पार्टीलाई नीतिगत र सांगठनिक रुपमा पुनर्संरचना गर्नुपर्ने आवश्यकता औल्याउँदै नयाँ चुनौतिलाई सामना गर्न नयाँ कांगे्रस बनेर आउनुपर्ने विषयलाई सुझाव पत्रमार्फत विशेष जोड दिइएको छ । 
त्यसतै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको समिक्षा र संविधानमा व्यवस्था भएको राज्य पुनर्संरचनाअनुसार पार्टीको संरचनाका लागि दुई महिनाभित्र महासमिति बैठक डाक्नुपर्ने, विशेष अधिवेशन गरी पार्टी नेता, कार्यकर्ता, भातृसंगठन, शुभेच्छुक सबैलाई क्रियाशिल बनाउनुपर्ने, नयाँ क्रियाशिल सदस्यता वितरण गर्दा आवश्यक कार्यविधि तयार गरी निर्वाचनमा पार्टीले प्राप्त गरेको मत संख्याको आधारमा १ दशमलब ५ प्रतिशतसम्म वितरण गर्नुपर्नेलगायतका विषयलाई पनि सुझाव पत्रमा विशेष प्राथमिकताका साथ समेटिएको छ । त्यसैगरी निर्वाचनमा विभिन्न पार्टी परित्याग गरी कांगे्रस प्रवेश गर्नेहरुको सही मुल्यांकन गरी योग्यता, क्षमता र आवश्यकताको आधारमा जिम्मेवारी प्रदान गर्नुपर्नेलगायतका बुदा पनि कांगे्रस जिल्ला पार्टी नुवाकोटको सुझाव पत्रमा छ । 

 

तपाईंको बिचार