Tuesday, July 17, 2018

ओखलढुङगाका काँग्रेस नेता द्धयको चरित्र हत्या गर्ने प्रयास

दाहल र लुर्इटेलद्वारा भ्रमको खेती नगर्न आग्रह
प्रकाशित मिति: 2017/12/12

२६मंसिर,काठमाडौं । नेपाली काँग्रेसका महासमिति सदस्यद्वय लीला बल्लब दाहाल (काका) र कुमार लुईटेलले नेपाली काँग्रेस ओखलढुंगाले जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभामा प्रस्तुत गरेका उम्मेदवारका सन्दर्भमा सोमबार जारी गरेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानकर्षण गराउदै कुनै भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
आज संयुक्त विज्ञप्ति जारी गरी विज्ञप्तिमा भनिएजस्तो निर्वाचनमा अन्र्तघात गरेको भनी भ्रम फैलाएकोमा आपत्ति जनाउदै आफूहरु काँग्रेसको एक सच्चा र इमान्दार कार्यकर्ता भएको उल्लेख गरिएको छ ।
भर्खरै सम्पन्न निर्वाचनमा आफूहरुले ओखलढुंगाबाट प्रदेशसभाको टिकटका लागि दावी गर्नु सामान्य राजनीतिक न्यायको सिद्धान्त भएको तर पार्टीले उम्मेदवार छनौट गरिसकेपछि सानातिना असन्तुष्टिलाई पोको साँधेर निर्वाचनमा उम्मेदवारलाई जिताउन खटिएको स्मरण गराइएको छ ।

आफूहरुका कारणले निर्वाचनमा पार्टीलाई घाटा पुगेको भन्ने विश्लेषण काँग्रेसलाई दलदलमा फसाउने पूर्वाग्रही सोच बाहेक केही हैन भन्दै आफूहरुको सन्दर्भमा विज्ञप्ति मार्फत गरिएको गलत, भ्रामक र पूर्वाहपूर्ण सिफारिस तुरुन्त सच्याउन सबै उम्मेदवारलाई अपिल गरिएको छ ।

 

तपाईंको बिचार